सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन । शुक्रबार साँझ जनकपुरबाट मलङ्गवा आँउदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस पूर्व पश्चिम राजमार्ग स्थित ईश्वरपुर नगरपालिका–४, लच्का नजिकै दुर्घटनामा परेको हो । बस सडक किनारमा पल्टिएको हो । दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बलिष्ठर सिंहले जानकारी दिए ।

दुर्घटनामा परेर बसमा सवार धनुषाको हन्सपुर नगरपालिका–२, बस्ने २८ वर्षका उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५, बस्ने २७ वर्षकी चन्दा देवी साह, सबैला नगरपालिका–२, बस्ने ३८ वर्षका हरिशङ्कर साह, मिथिला नगरपालिका–१, बस्ने ३५ वर्षकी मन्जु कुमारी महतो, उहाँको छोरा १० वर्षका आशिष कुमार महतो, ५ वर्षका शुसन कुमार महतो घाइते भएका छन ।
यस्तै सर्लाहीको कविलासी नगरपालिका–८, बस्ने ६८ वर्षका राम पुकार मुखिया, सोही स्थानकी २५ वर्षकी सुमित्रा देवी महतो, मलङ्गवा नगरपालिका–१२, बस्ने ४५ वर्षकी जतारन महतो, ६५ वर्षकी सखिया महतो, लालबन्दी नगरपालिका बस्ने २४ वर्षकी रेणुका गौतम, कबिलासी नगरपालिका–३, बस्ने ३३ वर्षकी मुनिका कुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरज कुमार ठाकुर, हरिपुर नगरपालिका–७, बस्ने ३० वर्षकी बिर्जना सिंह, हरिपुर नगरपालिका–९, बस्ने ४५ वर्षकी रीता चौधरी घाईते भएकी छिन ।

भने, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७, बस्ने ३९ वर्षकी कमला कुमारी महतो, उनको छोरा १४ वर्षका आशिष कुमार महतो र बर्दिबास नगरपालिका–१, बस्ने ४ वर्षकी श्रृषा पोख्रेल घाईते भएकी छिन् । घाइतेहरूको मोडेल अस्पताल लालबन्दी, नवलपुर स्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबै खतरा मुक्त रहेका अस्पताल श्रोतले जनाएको हो । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय