रामेछापको मन्थली बाट हेटौडा तर्फ जाँदै गरेको बा १३ च ३९३५ नं को डवलक्याप पिक अप स्कारपियो मन्थली नगरपालिका वडा नं –६ को बोक्से पहरो भन्ने ठाँउमा दुर्घटना हुँदा मन्थली नगरपालिकाकी स्वास्थ्य कर्मी अन्दाजी ४० बर्षिय राधा कार्की चौहानको घट्ना स्थमै मृत्यू भएको छ । अन्दाजी ४५ बर्षिय गाडि चालक एबं निजका पति उत्तम चौहान घाइते छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कौशल न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार गाडि सडकबाट करिब एक सय मिटर खसेर तामाकोशी नदी किनारमा पुगेको थियो । मन्थली नगरपालिका वडा नं ७ मा रहेको शहरी स्वास्थ्य केन्द्र बडिमुहान की इन्चार्ज समेत रहेकी राधा र विद्युत प्राधिकरण मन्थली अन्तर्गत फुलासीमा कार्यरत उत्तम आज प्रदेशमा भएको सार्वजनिक विदाको अबसर पारेर आफ्नो हेटौडामा अध्ययनरत रहेको छोरालाई भेटगर्न बिहानै हेटौडाहिडेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय