पछिल्लो दुइ दिनको अबिरल वर्षाले नदीको बहाब बढाउदा रातू नदीको तटबन्ध बिभिन्न स्थानमा टूटेर जलेश्वर सहित महोत्तरीको बिभिन्न पालिका तथा बस्तिहरु जलमग्न भएको छ भने हजारौ सर्वसाधारण बाढ़ी पीड़ित भएका छन । सदरमुकाम जलेश्वर र जलेश्वर कै खैरा,रमौल,बजराही, फुलहट्टा,साहूजीपट्टी,धबौली, सुगा, सारी र मुसरपट्टी लगायतका बस्ती डुबानमा परेको छ भने जलेश्वर भन्दा माथिल्लो बस्तिहरु रतवारा तथा महोत्तरी गाउपालिका र बलबा नगरपालिकाका बिभिन्न टोलहरुमा पानी पसेर जनजीवन प्रभावित भएको छ । हालसम्म मानवीय क्षति नभएपनी भौतिक रुपमा ठुलो नोक्सानी भएको जिल्ला बिपद व्यबस्थापन समितिले जनाएको ।
यता कूटमेशवरी(बिगही) नदीको पानीले पिपरा गाउपालिका तथा मटीहानी नगरपालिकालाई प्रभावित गरेको छ । त्यस्तै औरही नगरपालिका कै केहि बस्ती डुबानमा परेको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले यो लगायत महोत्तरी कै बर्दिबास र अन्य केहि पालिकाका बस्तिहरु समेत पानी ले प्रभावित भएकोमा स्थानीयहरू समेतको सहयोगमा सुरक्षा निकायहरुले धेरैलाई रेस्क्यू गरि सुरक्षित निकालेको बताए । उनले नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा नेपाली सेनाले समेत रेस्क्यू ऑपरेशनमा सक्रिय भूमिका खेलको बताए । घर मैं पानी प्रबेश गरेका हजारौ व्यक्तिहरु बिभिन्न सार्वजनिक सुरक्षित स्थानहरु तथा बाढ़ीबाट जोगिएको व्यक्तिहरूको घरमा मा तत्काल बास बसेका र उनीहरुलाई तत्काल खानाको स्थानीय तहको सहयोगमा व्यबस्थापन प्रयास भैरहेको उनले बताए ।



यता रातू नदीको पानी जलेश्वर प्रबेश गर्दा जलेश्वर कारागारमा रहेको २७० कैदीबन्दी असुरक्षित भएका छन । कारागार भित्र करीब दुई फिट पानी प्रबेश गरेकोमा उनीहरुको असुरक्षा बढेको हो । तथापी शौचालय बाढ़ीले बाधित नरहेकोले जलेश्वर नगरपालिका समेतको सहयोगमा तत्काल पानी र ड्राईफ़ूड व्यबस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रिसाल ले बताए । उनले सदरमुकाम सबै तीर बाट पानीले घेरिएको र सदरमुकाम भित्र कै कैदिबन्दी को लागि सुरक्षित हुन सक्ने स्थानहरु समेत पानीमा डुबेकोले उनीहरुलाई अन्यत्र सार्न सक्ने अबस्था नरहेको उनले थपे। आज बिहान देखी माथिल्लो स्थानमा नदीमा पानी घटने अबस्थामा रहेकोले आफूहरुले यो भन्दा थप क्षति नहुने भन्दै आशावादी रहेको प्रजिअ रिसालले बताए । जलेश्वरमा जिल्ला प्रशासन कार्यालय परिसर लगायत बिभिन्न कार्यालयहरुमा पानी प्रवेश गरेको छ भने जलेश्वर नगरपालिका समेत डुबान मा छ ।
अबिरल वर्षा र सो पछि आएको बाढ़ीले जिल्ला सदरमुकाम को बर्दिबास र जनकपुर लगायत शहर संग सम्पर्क तोडेको छ भने पछिल्लो दुई दिन देखी बिधुत सेवा समेत अबरुद्ध रहेको छ । बिगही नदीको पिपरा पर्सा खण्डको पुल छेउको माटो बगाउदा सकस गरेर एकाध मोटरसाइकिल आरपार गर्न सकेको छ भने अन्य सम्पूर्ण सवारी साधन बाधित छ । त्यस्तै जलेश्वर मैं अत्यधिक पानी रहेकोमा कुनै सवारी साधन जलेश्वर समसी र जलेश्वर बर्दिबास सड़क प्रयोग गर्न सकेका छैनन । यता वर्षा ले पहिलो दिन खराबी भएर आइतवार अपरान्ह चालू हुने अबस्थामा बिधुत पुगेपनी बाढ़ीको पानी कंट्रोल रूम मैं प्रबेश गरेपछि बिधुत अनिश्चित भएको छ । बिधुत प्राधिकारण अहिले पूर्ण रुपमा बाढीमा दुबेको हो ।



