सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै थालेको आन्दोलन बिहीबार चौथो दिन पनि जारी छ। माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने अडानसहित उनीहरूले गाउँपालिकाको मुख्य गेटदेखि सबै वडा कार्यालयमा तालाबन्दी गरी धर्ना दिएका छन्। आन्दोलनका कारण गाउँपालिका र वडा कार्यालयका सम्पूर्ण सेवा ठप्प भएका छन् भने सेवाग्राहीहरू समस्यामा परेका छन्।

प्रधानाध्यापक सुवास कुमार चौधरीका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको हो। न्दोलनकारीहरूले शुक्रबारदेखि मोटरसाइकल र्‍याली र कोणसभा लगायतका कार्यक्रम गर्दै दबाब थप्ने चेतावनी दिएका छन्। तिहारअघि माग पूरा नभए छठपछि विद्यालय र स्वास्थ्य संस्था समेत बन्द गर्ने चेतावनी दिएका छन्। यसैबीच संघर्ष समितिले जनप्रतिनिधिहरू असक्षम भएको आरोप लगाउँदै गाउँपालिका अध्यक्षसहित सबै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय