काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जीत्दै लुम्बिनीलाई ब्याटिङका लागि आमन्त्रित गरेका हुन्। लिगमा पहिलो जितको खोजीमा रहेको कर्णालीले आफ्नो सुरुको खेलमा चितवन राइनोजसँग पराजय व्यहोरेको थियो। आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा नाम खोल्ने लक्ष्य याक्सको छ।
उता, पहिलो खेलमै चितवन राइनोजलाई ६ विकेटले हराउँदै आत्मविश्वास बढाएको लुम्बिनी लायन्स लगातार दोस्रो जित दर्ता गर्ने योजनामा उत्रिएको छ। आज (शनिबार) एनपीएलमा दुई खेल हुने छन्। पहिलो खेल ११स्१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुँदैछ। दोस्रो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ जहाँ काठमाण्डु गुर्खाज र बिराटनगर किङ्स आमनेसामने हुनेछन्। दुवै टोलीले पहिलो खेल






