पछिल्लो समय चितुवा गाउँसहर र बस्तिमा छिर्न थालेका छन् । जसले त्रास पैदा गराएको छैन मानविय क्षती समेत भएको छ । जानकारहरुको बुझाइमा भने चितुवाको संख्यामा बृद्धि भएको र आहाराको कमिका कारण चितुवा बस्ति छिर्न थालेका छन् । यो दृष्य पोखरा महानगरपालिका वडानम्बर २६ गुँदेताल स्थिति कुनो कालिज फार्मको हो । दिनदाहडै चितुवा फार्ममा प्रवेश गरेर त्यहाका आफ्नो आहारा खोज्न थाल्छ । एकै छिनमा सयौँ मानिसहरु भेला हुन्छन् । चितुवाको आक्रमणबाट कुनै क्षती नहोस् भन्दै स्थानीयहरु धपाउन थाल्छन् । क्षणिक रुपमा धपाए पनि चितुवा आक्रमणको थाइ समाधान नहुने भएकाले जिल्ला बन कार्यालय कास्कीको उद्धार टोली पनि आइपुग्छ । चितुवालाई गोली हानेर वेहोस बनाइन्छ र बनको प्राविधिक टोलीले उद्धार गरेर बन्यजन्तु उद्धार केन्द्रमा लैजान्छ । यो फार्ममा मात्रै पछिल्लो समय दुइपटक चितुवा आइसकेको छ ।

यो त एउटा उदाहरण मात्र हो । केही दिन अघी पोखरा अन्तराष्ट्रिय विमानस्थल र अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकाबाट यसरी नै चितुवालाई उद्धार गरिएको थियो । पछिल्लो समय कास्की जिल्लामा मांसहारी जंगली जनावर चितुवा बस्ति बस्तिमा देखिन थालेका छन् । मांसहरी जंगली जनावर चितुवा दिनहुँजसो मानव बस्ति र पशुपंक्षी पालेका ठाउमा आहाराको खोजीमा आउन थाले पछि स्थानीयहरु निकै त्रसित हुन थालेका छन् । पछिल्ला वर्षहरुमा जंगली जनावरको वासस्थान बनजंगलमा बर्षेनी डडेलो लाग्नु र उनिहरुको आहाराको कमि हुनु र चितुवाको संख्या बढ्दै गएका कारण जंगली जनावरहरु मानव वस्तिमा प्रवेश गरेका हुन् ।

अघिल्लो साल मात्रै चितुवाको आक्रमणबाट पोखरा– ३२ मा एक जनाको ज्यान गएको थियो । चितुवाको संख्या बढेकै कारण उनिहरुलाई आहराको कमि भएको र आहारा खोज्दै चितुवा मानव वस्ति छिरेको जंगली जनावर उद्धार केन्द्रका पशु चिकित्सक किशोर आचार्यले जानकारी दिए । कास्कीमा उद्धार गरिएका चितुवालाई पोखरा ३१ पचभैयामा रहेको बन्यजन्तु उद्धार केन्द्रमा राखिने गरिएको छ । कास्कीमा उद्धार गरिएपर्यावरण विद्का अनुसार जंगली जनावरहरुले हत्तपत्त मानिसलाई आक्रमण गदैँनन् । तर, मानव बस्तिमा चितुवाको बढ्दो आउजाउले त्रासमा बाच्नुपर्ने अवस्था सृजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय