काठमाडौँ – सिंहदरबार प्रवेश गर्न खोजेका जेनजी आन्दोलनका सहभागीहरूलाई प्रहरीले मंगलबार निषेधित क्षेत्रबाट हटाएको छ। जेनजीको एक समूह सिंहदरबारतर्फ अघि बढेपछि सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई रोक्दै त्यहाँबाट पछाडि पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार निषेधित क्षेत्र उल्लङ्घन गर्दै प्रवेश गर्ने प्रयास भएकाले समूहलाई सम्झाइ–बुझाइ हटाइएको हो। यसअघि पनि प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकैबाट जेनजी समूहलाई परसम्म धकेल्दै नियन्त्रणमा ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय