दक्षिण एसियाका विभिन्न मुलुकमा समुद्री आँधी पछि आएको बाढीका कारण ६ सय जनाको मृत्यु भएको छ ।सयौं बेपत्ता छन् । मुसलधारे वर्षा पछिको बाढी र पहिरो पछि इन्डोनेसियामा ३ सय भन्दा बढी, थाइल्याण्डमा १६० र श्रीलंकामा १३० जनाको मृत्यु भएको हो । मलेसियामा पनि धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । हजारौं घरहरू बगाएको छ भने हजारौं डुबानमा परेका छन् । सडकहरु जलमग्न छन् ।

खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको र दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको इन्डोनेसियाली विपद् एजेन्सीले जनाएको छ।
थाइल्याण्डको दक्षिणी सोङखला प्रान्तमा एक दशककै सबैभन्दा खराब बाढीबाट प्रभावित १० प्रान्तका ३८ लाख मानिस प्रभावित भएका छन्। हात याई शहरमा ३३५ मिलिमिटर वर्षा मापन गरिएको छ । जुन ३ सय वर्ष यताकै सबैभन्दा बढी हो ।

उता श्रीलंकाको कोलम्बोको बाहिरी क्षेत्र वेल्लाम्पिटिया आँधीबाट बढी प्रभावित छ । १५ हजार भन्दा बढी घर ध्वस्त भएका छन् । ७ लाख ८० हजार मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको अधिकारीहरूले बताएका छन् । देशको लगभग एक तिहाइ भाग बिजुली वा पानीको अभावमा छ । सरकारले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगकोअपील गरेको छ। मौसमविद्हरूले फिलिपिन्स र मलाक्का क्षेत्रमा आएको आँधीको दूर्लभ मिलनका कारण दक्षिण पूर्वी एसियामा यति ठूलो क्षति पुगेको हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय