नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकट अझै नटरेको बताएका छन् । मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने उनको भनाई थियो। आइतबार पोखराको चिप्लेढुंगामा आयोजित गण्डकीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव हुनु र बहुमत ल्याउनु मात्र संकटको समाधान नभएको बताए । राष्ट्र जोगाउन नयाँ राष्ट्रिय चेतनाको आवश्कता रहेको प्रचण्डले बताए ।



आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनैपर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । निर्धारित समयमा चुनाव हुने उनले विश्वास पनि व्यक्त गरे । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको दावी गरे । नेपाली राजनीति बेइमानी र भ्रष्टाचारीले बिगारेको बताउनै उनले नेपालको राजनीति बिग्रने कारण बेइमानी, भ्रष्टाचारी, स्वार्थी र व्यक्तिवादी प्रवृत्तिले रहेको बताए ।
यस्तै एकता सभालाई सम्बोधन गदैँ पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले नेकपा एमालेलाई पनि एकतामा आउन आग्रह गरे । बैज्ञानीक समाजवादको बाटोमा लाग्ने र देशलाई समाजवादमा पुर्याउने हो भने जनताको बहुदलीय जनबाद छोडेर आउन आग्रह गरे ।कार्यक्रमा नेकपाका नेता नारायणकाजी श्रेष्ठ, भिम रावल लगायतका नेताले सम्बोधन गदैँ आगामी निर्वाचनमा शक्ती केन्द्रीत गर्न कार्यकर्तालाई निर्देशन दिए । एकता सभामा सहभागि हुन गण्डकी प्रदेशका ११ वटा जिल्लाबाट नेता कार्यकता पोखरा आएका थिए ।



