काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित कंकाली माध्यमिक विद्यालयका छात्रछात्रालाई पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा छात्रछात्रालाई सोमबार एक कार्यक्रमकाबीच करिव १ लाख ५० हजार रुपैयाँ बराबरको पोशाक वितरण गरेको हो । पोशाक वितरणका लागि विद्यालयले विद्यार्थीहरुलाई विभिन्न भागमा वर्गीकरण गरी विद्यार्थी छनोट गरेको थियो । विद्यालयले जेहेन्दार, विपन्न, जनजाती, दुर्गमस्थानबाट अध्ययन गर्न आएका लगायतलाई वर्गीकरणमा राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो ।

उहाँले वर्गीकरणका लागि विद्यार्थीको घरमै पुगेर उनीहरुको पारिवारिक अवस्थाबारे पनि अध्ययन गरी छनोट गरिएको बताउनुभयो । प्रधानाध्यापक पनेरुले आज ५० जना छात्रछात्रालाई पोशाक र न्यानो कपडा सेट उपलब्ध गराएको जानकारी दिनुभयो । पोशाक वितरण पछि प्रधानाध्याक पनेरुले सामुदायिक विद्यालयहरुमा यस्ता प्रकारका गतिविधिले विद्यार्थीलाई अध्ययनमा रुचि बढ्न तथा समाजमा सकारात्मक सन्देश जाने भएकाले यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

पोशाक वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ मार्केटिङ अफिसर भुषण रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज भट्ट, चन्द्रागिरि नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष श्रीकृष्ण खत्री, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

कंकाली मावि चन्द्रागिरि नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय