काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । उद्घाटन सत्र अघि विशेष पक्षधरहरुले काठमाडौंमा भव्य जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन आज मध्यान्ह १२ बजे उद्घाटन गर्ने बताइएको छ । उद्घाटन समारोह सुरु हुनुभन्दा अघि हुने जुलुस महाधिवेशन स्थलमा प्रवेश गराउने आयोजक समितिको तयारी छ ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्य्मकन्या कलेज, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतबाट जुलुस निकालिने छ । यस्तै, ललितपुरको कुपण्डोलबाट निस्किएको जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ ।

जुलुसलाई अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गर्दै महाधिवेशनलाई भव्य र सफल बनाउने तयारी गरिएको छ । महाधिवेशनको बन्दसत्रको कार्यक्रमम पनि आजै सुरु हुने पनि आयोजकले जनाएको छ । महाधिवेशन भोलिसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय