काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ ।



ज्योतिषीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय गरेपछि असार ३ गते रथ तानिने भएको हो ।
हाल ललितपुरको लगनखेलस्थित थटिटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पु¥याइनेछ । परम्परागत विधिअनुसार ज्योतिषीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्ने परम्परा छ ।
जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।



