एजेन्सी । पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
ट्राफिक र सडक सुरक्षा निर्देशनालयले विज्ञप्ति जारी गर्दै युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताएको छ । प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाइएको छ ।
भ्रमणबाट फर्कने क्रममा चालकले गाडीको नियन्त्रण गुमाउँदा गाडी सडकबाट चिप्लिएर किनारको ठूलो ढुंगामा ठोक्किदा भएको दुर्घटनामा ठुलो मावविय क्षति भएको बताइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।






