काठमाडौं । काठमाडौसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्डै ४९ हजार ५ सय मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढीमा ४५ हजार मेट्रिक टन मात्रै आयात हुने गरेको थियो । पछिल्लो समय बजारमा अभाव बढेपछि निगमले झण्डै ५५ हजार मेट्रिक टन ग्यास माग गरेको हो ।

यसैबीच देशभर ग्यासको अभाव बढेपछि सरकारले अनुगमन तीव्र पारेको छ । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई तत्काल कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्नेहरूविरुद्ध देशका विभिन्न जिल्लामा कारबाहीसमेत शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय