जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान गराउन सुरु गरिएको छ । शनिबार बिहानदेखि पोखरीको डिल खाली गराउन सुरु गरिएको हो ।गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराइरहेको छ । साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी भएको थियो ।

शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा माइकिङ गरेर जग्गा खाली गर्न सूचना दिइएको थियो । जग्गा खाली नभएपछि डोजर लगाएर खाली गराउन थालिएको छ । पहिलो चरणमा अतिक्रमित पोखरीहरुको डिल खाली गारउन लागिएको गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिनु भयो । ४९ वटा पोखरीहरुलाई अतिक्रमण मुक्त गराउने योजना रहेको र पहिलो चरणमा ७ वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने आफूहरुको तयारी रहेको उहाँले बताउनु भयो ।

३० वटा पोखरीहरुको नापीको कार्य सम्पन्न भईसकेको र बाँकी पोखरीहरुको पनि नापी चाँडै नै गरिने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बताउनु भयो । उहाँका अनुसार पोखरीको डील अतिक्रमण मुक्त गराइएपछि राज गुठी अन्तर्गतका अतिक्रमणमा परेका जग्गाहरु समेत खाली गराइने बताउनु भयो ।केही महिना अगाडि नेपाल सरकारले जनकपुरधाममा अतिक्रमणमा परेका गुठीको जग्गा खाली गराउने उद्देश्यले कार्यदल गठन गरेको थियो । कार्यदलको योजना अनुसार नै जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानको शुरुवात गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय