सप्तरी-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरमा बुधबार बिहान ट्यांकरमा ईभी कार ठोक्किँदा चार जना घाइते भएका छन्। बिहान करिब पौने ६ बजे काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको ईभी कार सडक छेउमा बिग्रिएर रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुका कारण दृश्यता कम भएको र तीव्र गतिमा रहेको कारले रोकिराखिएको ट्यांकर नदेख्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा घाइते हुनेहरू:

मनोज श्रेष्ठ (२१वर्ष) कार चालक, धादिङ

ओशिम खान: सुनसरी

मोहन कविरथ: सुनसरी

पवन राई (२८ वर्ष) झापा

दुर्घटनालगत्तै उद्धार गरिएका घाइते चारै जनाको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय