काठमाडौं । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सम्पूर्ण नगरबासीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नगरस्तरीय सप्ताहव्यापी योग विज्ञान शिविरमा उपप्रमुख श्रेष्ठले निरोगी रहनका लागि शिविरमा सहभागी हुन सम्पूर्ण नगरबासीलाई आह्वान गर्नुभएको हो ।
चन्द्रागिरि नगरपालिकाले मंगलबारबाट एक सातासम्म योग शिविर संचालनमा ल्याएको छ । शिविरलाई चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाले सहयोग गरेको छ । पतञ्जली योग समिति चन्द्रागिरि नगर परिवार, महिला पतञ्जली योग समिति काठमाडौंको सहकार्यमा संचालित योग शिविरको प्रशिक्षकमा साध्वी देवदिति हुनुहुन्छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थको फूटबल ग्राउण्डमा शिविरको आयोजना गरिएको छ । शिविर विहान ५ बजेदेखि ७ बजेसम्म संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय