तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका तीन जना बिरामी परेका छन् । व्यास नगरपालिका–५ चिन्तुटारका ७२ वर्षीय शुकबहादुर गुरुङ, उहाँकी श्रीमती ६० वर्षीया मीनमाया गुरुङ र ३२ वर्षीय छोरा मन गुरुङ बिरामी परेका हुन्
बिरामी परेका आमा र छोराको दमौली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर विरामी परेका शुकबहादुर गुरुङको उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



बिहीबार घर नजिकैको जंगलबाट च्याउँ ल्याइए खाएपछि उहाँहरु तीन जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी गराउनु भयो ।



