काठमाडौं । गायक शिव परिवारको स्वरमा रहेको ढाँटी मायाँले बोलको गीतको भिडियो सार्वजनिक भएको छ । म्यूजिक माइन्स नामक यूट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

ढाँटी मायाँले बोलको गीत बाबा विनोद सिंह थापाले लेख्नु भएको हो भने संगीत उहाँकै रहेको छ । आफ्नै गाउँ ठाउँलाई औँधी मायाँ गर्ने थापाले आफ्नै ठाउँको परिचय र पहिचान गीतमार्फत् दिन खोज्नुभएको छ । केही समय सांगीतिक यात्रा रोकिए पनि आफ्नो दुई दशक अघिको सांगीतिक यात्रालाई अब यो गीतसँगै निरन्तरता दिने थापा बताउनु हुन्छ । गीतको संगीत संयोजन भने सुन्दर र सुरज मालीले गर्नुभएको छ । म्यूजिक भिडयोमा नायिका शिल्पा पोखरेल र कमल सिंहको अभिनय रहेको छ भने भिडियोको निर्माता अमृतराज न्यौपाने रहेका छन् । बुद्ध थापाको छायांकन रहेको ढाँटी मायाँले बोलको गीतमा सम्पादन भने विकास धमलाको रहेको छ । गीत स्टुडियो मार्कमा रेकर्ड भएको हो ।

चन्द्रागिरि नगरपालिका भित्रको पर्यटकीय स्थल भिराडिल, साकुरा पार्क र विष्णुदेवी मन्दिर परिसरमा ढाटी मायाँले बोलको गीतमा दृष्य समायोजन गरिएको छ । वियोगान्त कथालाई समेटेर बनाइएको भिडियोको निर्देशन निकेश खड्काले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय