प्रधानमन्त्री पुष्पकमल दाहालले देशको विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन । आज बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा प्रगति हुने किसिमको विकास आवश्यक रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव नरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद् भएको बताए । लुम्बिनी केवलकारका अध्यक्ष चन्द्र ढकालले केवलकारले रूपन्देही र पाल्पाको पर्यटन र आर्थिक बिकासमा महत्वपूर्ण भुमिका खेल्ने वताए ।

एमाले उपाध्यक्ष अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताए । कार्यक्रममा उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना रहेको प्रतिक्रिया दिए । केवलकार बुटवलको बमघाटदेखि पाल्पाको बसन्तपुर सम्म २ दशमलव ६ किलोमिटरमा चल्ने गर्दछ । लुम्बिनी केबलकार प्रालिको पहिलो चरणको परियोजनाको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ ।
छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय