कैलाली कारागारमा कैदीबन्दीले प्रहरी माथी कुटपिट गरेका छन् । शुक्रबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी माथि कैदीबन्दीहरुले कुटपिट गरेका हुन् ।अनुगमन सकेर फर्किने क्रममा कैदीबन्दीहरुले प्रहरीमाथी कुटपिट गर्दा साहयक प्रहरी निरीक्षक (असई) भुपेन्द्रसिंह सामन्तको टाउकोमा चोट लागेको छ । कुटपिटबाट घाईते भएका प्रहरी निरीक्षक (असई) सामन्तको टाउकोमा टाका लगाइएको र अहिले उनी आराम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र बहादुर साँउदले जानकारी दिए।

अनुगमनका क्रममा कारागारभित्र कैदीहरुले प्रयोग गर्दै आएका विभिन्न कम्पनीका अवैध १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय