नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् । ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई रोकेर कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले कालो झण्डा देखाएका हुन ।
त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो । प्रदेश एकको नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन । कोसी नामकरणको विषयमा असन्तुष्ट रहेका पहिचानवादीहरूले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।






