पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि अवरुद्ध भएको थियो । पहिरो हटाई सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
यसअघि शनिबार रातिदेखि बन्द भएको सडक करिव १८ घण्टापछि आइतबार साँझ मात्रै खुलेको थियो । सोही स्थानमा गत विहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।



संघीय राजधानी काठमाडौं जोड्ने नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै हजारौं यात्रु घण्टौं जाममा परेर समस्यामा भोग्न बाध्य भएका छन् । यता, प्रहरीले पहिरो झरिरहने समयमा असुरक्षा हुने भएकोले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।



