

काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य तोकेको छ ।मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १ सय ९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ६२ रुपैयाँ तोकेको हो । नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल ३ सय ३० रुपैयाँ र मध्यम धानको मूल्य २ सय ३४ रुपैयाँले बढेको छ ।
गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।आर्थिक वर्ष २०७८-७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ थियो ।






