काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको टर्च र्यालीमा नेपालबाट बक्सिङका पूर्वखेलाडी तथा प्रशिक्षक दीपक महर्जन सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले हाङझाव एसियाडको टर्च ¥यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराएका हुन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१० बोसीगाउँका स्थानीय दीपकले चीनमै भएको १६औं एसियाली खेलकुदमा काँस्य पदक जितेका थिए । उनी त्यस संस्करण नेपालका लागि पदक जित्ने एकमात्र खेलाडी समेत हुन् । टर्च ¥यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय