

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले खानेपानी तथा सरसफाइ व्यवस्थापनसम्बन्धी विधेयक २०८० ल्याएसँगै नगरपालिकामा रहेका खानेपानी समिति र नगरपालिकाबीच दुरी बढ्दै गएको छ ।
साउन २ गते नगरप्रमुख घनश्याम गिरीद्वारा हस्ताक्षरित विवरण बुझाउने १५ दिने सूचनाको समयसीमा आज सकिएको छ । नगरभित्र संचालनमा रहेका ३६ वटा खानेपानी उपभोक्ता समितिहरुले नगरले दिएको समयको अवमूल्यन गरेका छन् । १५ दिनको अवधिमा कुनै पनि खानेपानी उपभोक्ता समितिले नगरपालिकालाई विवरण बुझाएनन् । नगरपालिकाले समितिहरुलाई साधारणसभा तथा लेखापरीक्षणको विवरण, कर्मचारी विवरण, महशुल विवरण, धारा जडान शुल्क, बैंक मौज्दातको विवरण, मासिक आम्दानी खर्च र स्थायी संरचनाको विवरण पेश गर्न सूचित गरेको थियो ।






यसै सन्दर्भमा हामीले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई संघर्ष समितिका संयोजक पुरुषोत्तम उदाससँग कुराकानी गरेका छौं । के छ त संघर्ष समितिको भनाई ?
(भिडियो हेर्नुहोस्)