काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
बस सडकको दाहिने किनारातर्फ पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । शनिबार बिहान ५ बजे बस दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



