काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो । बस विहान दश बजेर चालिस मिनेटमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयले उद्दार जारी राखेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस  दुर्घटनामा परेको हो ।

गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय