काठमाडौं । तिन दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बढी आएको छ ।बुधबार देखि निरञ्तर परेको पानीका कारण मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा हेलम्बु गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ भने विद्यालय उच्च जोखिममा परेको छ ।

बाढीले विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बगाएको छ। विद्यालयको चौरसम्म पानी आइसकेको छ भने, बाढीका कारण ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा छ । बहाब बढ्दै गयो भने वस्तीमा बाढी छिर्ने प्रवल संम्भाबना रहेको छ । ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ।पछिल्लो २४ घन्टामा मेलम्ची आसपास एकसय बाइस मिलिमिटर वर्षा भएको र एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुनः बाढीले कटान गरेको हो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय