काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलात्कार मुद्दामा आजबाट बहस सुरु हुन लागेको हो । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आजका लागि पुनः अन्तिम पेशी तोकेको हो ।
यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो । १७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



