सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट मुद्दाको छिनोफानो गर्नु भने पनि यो मुद्दामा अहिलेसम्म सुनुवाई हुन सकेको छैन् । सुुनवाईका लागि आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलास परेको पेशी समय अभावका कारण हेर्न नभ्याइने भनि आदेश भयो । गत फागुन १५ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलाशले सबैको चासो रहेको यो मुद्दा छिटो किनारा लगाउनुपर्ने उल्लेख गरिको थियो । तर यो विषयमा सुनुवाईका लागि पेसी चढ्न थालेको ७ महिना भइसक्दा पनि बहस सुन्ने र फैसला गर्न न्यायाधीशहरू पछि हटिरहेका छन् । प्रमाण संकलनदेखि आवश्यक सबै प्रक्रिया पुरा भइसक्दा पनि सुनुवाई हुन नसक्नु न्यायालयको कमजोरी हो । पछिल्लो पटक आइतबार समय अभावका कारण सुनुवाई स्थगित भयो ।
अर्को पेशी २१ भदौमा तोकिएपछि एसिया कप खेल्न सन्दीप सोमबार पाकिस्तान जाने भएका छन् । १३ गतेदेखी हुने एसिया कपको पहिलो खेलमा नेपालले सोही दिन पाकिस्तान र भारतसँग १८ गते खेल्नेछ । त्यसैले यी दुबै खेलपछि सन्दीप अर्को पेशीमा उपस्थित हुनेछन् । तर नेपाल अर्को चरणमा पुगेको खण्डमा भने पेशीका लागि नेपाल आएर फेरी फर्कनु पर्ने हुन्छ । मुद्दाका सबै पक्षसँग बयान लिने र प्रमाण संकलन कार्य सम्पन्न भइ गत माघमा पहिलो पटक सुनुवाईको लागि पेशी तोकिएको थियो । तर त्यसबीचमा सुनुवाइ त के यो मुद्दा १२ पटक १० न्यायाधीशको इजलासमा यसको पेशी तोकियो । फैसलाको चरणमा रहेको भनिएको मुद्दामा कहिले जाहेरीकर्ता त कहिले प्रतिवादीका पक्षले नै सुनुवाई स्थगित त कहिले हेर्न नभ्याइने भन्दै न्यायाधीश समेत पन्छिरहेका छन् । यसले मुद्दाका दुबै पक्षले न्याय पाउन सकिरहेका छैनन् ।



सुनुवाईका लागि माघ, फागुन, बैशाख र जेठमा २–२ पटक तथा चैतमा ३ र साउनमा १ पटक पेशी तोकियो । मुद्दाको किटानी जाहेरी परेको १ वर्ष र सुनुवाईको प्रक्रिया सुरु भएको ८ महिना भइसक्दासमेत यसको किनारा लाग्न सकेको छैन् । उसैपनि नेपालमा समयमा न्याय दिन नसकेको भन्दै न्यायालयको चर्को आलोचना हुने गरेको छ । यस्तोमा धेरैले चासोका साथ हेरिरहेको यो मुद्दामा तथ्यपूर्ण फैसला गर्दै छवी सुधार्ने मौका समेत न्यायालयलाई छ । जसमा उ चुकिरहेको छ ।



