

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जीप जोर्तेमा पहिरोमा परेको हो । घाइतेमध्ये तीन जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै स्कारपियोमाथि आज विहान पहिरो खसेको थियो । पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड पनि अवरुद्ध भएको छ ।





