

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी छिन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेकी सिंहले फेसबुकमार्फत आफूले बिहे गरेको जानकारी गराएकी हुन् ।





