अर्घाखाँची अस्पताल सन्धिखर्कमा पछिल्लो समय भाइरल ज्वरोका बिरामी बढेका छन् । बिगत दुइ साता देखि अर्घाखाँची जिल्ला अस्पताल,तथा सरकारी निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरो र स्क्रब टाइफाइसका बिरामी बढेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । ओपिडीमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा अहिले बढेर साढे तीन सय पुगेकोे छ ।अहिले डेंगीका बिरामी पनि देखा परेका छन् । साउन महिनामा मात्र जिल्लाभरमा ३५ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । जसमा १५ जना लाई अस्पतालमा परिक्षण गर्दा पुष्टि भएको डा.तिवारीको भनाई छ ।

स्क्रब टाइफाइडका बिरामी पनि बढेका छन् । गत साल स्क्रब टाइफाइसका कराण अर्घाखाँचीमा २ जनाको ज्यान गएको थियो । अहिले जिल्लामा त्यस्ता खालका बिरामी पनि देखिएको अस्पतालका प्रमुख डाक्टर तिवारीको भनाई छ । सामान्य ज्वरो देखिएपनि जचाउन र समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । रुघाखोकी जस्तो सामान्य देखिएपनि डेंगी र स्क्रब टाइफाइस समेत हुने भएकाले सचेत हुन पर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

पछिल्लो समयमा अर्घाखाँची अस्पतालमा आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइरसका बिरामीहरु देखा परेका छन् । अस्पतालको आखा उपचारक कक्षमा आँखाका बिरामीको चेक जाँच गर्दा दैनिक २५ देखि ३० जना आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइरसका बिरामी देखिएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै अर्घाखाँची अस्पताल अस्पतालमा अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन भएपछि र गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन भएपछि उपचारका लागि जाने बिरामीको संख्या पनि बढेको हो ।

थाइराइड, फंगसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् । दैनिक ५०-६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ। अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ।बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन्। अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि बढेको छ ।

केही समय पहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि केही महिना देखि नियमित भएको छ। अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो। जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ। शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन्।

दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ छ । दैनिक ५०-६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ। अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ।

५० सैयाको अस्पताल भने पनि १५ सैयाको अस्पतालको दरबन्दीबाट सेवा सञ्चालन गर्नु परेको अस्पतालका प्रमुख डाक्टर तिवारीको भनाइ छ । तर अस्पतालका विभिन्न स्थानमा गरेर झण्डै ५६ वटा शैया राखेर बिरामीको उपचार भैरहेको छ । यस आर्थिक वर्षमा अर्घाखाँची अस्पतालको भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार ६ करोड बजेट विनियोजन भएको छ ।

यो संगै ५० शैयाको सुविधा सम्पन्न भवन निर्माणको काम थालनी हुनको लागि बहुवर्षिय शिर्षकबाट बजेटमा समावेश गरिएको छ ।१५ वर्ष अगाडी नै देखि चुनावी एजेण्डाको रुपमा अस्पताल लाई अगाडी सारेपनि काम हुन,सकेको थिएन। अब बजेट परेपछि यहाँका नागरिकमा अस्पताल बन्नेमा केहि आशा पनि पलाएको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय