अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउंपालिका वडा नम्बर २ मा रहेको रिप गाउँ जोखिममा परेको छ । वर्षासँगै गाउँको वरिपरी पहिरो गएपछि करिब ३ सय घरदुरी रहेको सिंगो गाउँ नै जोखिममा परेको वडाध्यक्ष सिद्ध कार्कीले जनाएका छन् ।

बाढीपहिरोका कारण रिप गाउँमा खानेपानी र बिजुली आपूर्ति ठप्प भएको छ । गाउँको पान्लोटी, जिल्लु चौकी र लेख आसपासको भुभागबाट खसेको पहिरोले कुडिल्लादेखि घाटसम्मको करिव ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा व्यापक क्षेति पु¥याएको छ । त्यस्तै जिलुदेखि कुडिल्ला हुदै घरजिउला सम्मको करिब ३ हजार हेक्टर घडेरी जमिनमा पनि क्षति पुगेको छ ।

त्यस्तै रिपगाडको खोलाको पुल, रिपगाड़ खोला जलविद्युत, लिप्ने खोला पुल पुर्णरुपमा क्षति भई आवातजावतमा समस्या आएको छ । बाढी र पहिरोको भयले पुरै गाँउबासीहरु त्रसिद भएका छन् ।

उक्त क्षेत्र जोखिममा परेको खबर पाएसँगै सदरमुकाम सिमकोटबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारका लागि गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय