काठमाडौं । आज गाईजात्रा पर्व । वर्षभरिमा दिवङ्गत भएका आफन्तको सम्झना तथा आत्मशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने प्रचलन छ ।
दिवंगत आफन्तले मोक्ष पाउन् भन्ने कामनाका साथ गाईलाई परिक्रमा गराई गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्राका अवसरमा राजनीतिक तथा सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य गरेर विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तुतिसमेत हुने गरेका छन् ।



काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानीकी छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युभएपछि शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए । कति जनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरिन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।



