काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिमले प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो । त्यसैले पोखराविरुद्ध मैदान उत्रँदा सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ । यता, पोखरा एभेन्जर्सका लागि भने यो प्रतियोगिताको पहिलो खेल हो । टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय