खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगै दुई जना स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीका अनुसार खोटाङ निर्वाचन क्षेत्रबाट दुई जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट डा। हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई तथा मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, जिल्लाका दश स्थानीय तहबाट डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवार डा। राजकुमार राई यसअघि नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको भए पनि हालै जिल्ला सभापतिमा पराजित हुनुभएको व्यक्ति हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता तथा सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । माघ ९ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले देशभर निर्वाचन सुरक्षाका लागि प्रहरीसमेत छनोट गरिरहेको जनाएको छ । आगामी निर्वाचनका लागि खोटाङ जिल्लामा १३६ वटा मतदानस्थल र १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरका अनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । खोटाङमा यसपटकको निर्वाचनलाई बहुदलीय प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारको उपस्थितिका कारण चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय