भारत नियन्त्रित जम्मु–काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा बस नमोडिँएर करिव ३ सय फिट तल खसेर दुर्घटना भएको हो । चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ ।



दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।



