डेंगु भाइरसको संक्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेंगुको संक्रमण देखिएको छ ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको बताइन्छ । यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको संक्रमण त्यसपछिको पाँच दिनमा त्यो संख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ । यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा संक्रमण देखिएको छ ।

नयाँ देखिएका बिरामीमध्ये ८७ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौँ ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेंगीका बिरामी भेटिएका छन् । पुसयता डेंगु संक्रमणबाट सुनसरीमा मात्रै आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय