स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको तलब स्केलभन्दा बढी सेवा सुविधा दिन्छु भन्दा पनि चिकित्सक नपाइने अवस्था आएको बताएका छन् । बिहीबार मोरङको रंगेली अस्पतालको निरीक्षण गर्दै मन्त्री बस्नेतले १४ बर्षदेखि हालसम्म सरकारले चिकित्सकको दरवन्दी नबढाउँदा समस्या आएको बताएका हुन् ।
उनले अहिले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवस्यकता भएपनि ३१ हजार मात्रै रहेको र आफूले लोक सेवा आयोगमार्फत कर्मचारी नियुक्त गर्न लागेको पनि जानकारी दिए । उनले आफू मन्त्री भइरहे रंगेली अस्पताललाई आवश्यक चिकित्सकहरु दरबन्दी थपेर उपलव्ध गराउने प्रतिवद्धता पनि जनाए ।



सो अवसरमा अस्पताल व्यवस्थापन समितिले अस्पतालमा अत्यावश्यक पर्ने मेसिनहरुका साथै थप चिकित्सक उपलव्ध गराउन माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए ।



