काठमाडौंको त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन । झण्डै ६१ किलो सुन तस्करी प्रकरणपछि आफूहरूमाथि अनुसन्धानको नाममा धरपकड र विना कारण दुःख दिने काम भएको भन्दै उनीहरुले सरुवा मागेका हुन । भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरी पत्र पठाउदै कर्मचारीहरुले सामूहिक सरुवा माग गरेका हुन ।
सरुवा माग गरेका कर्मचारीले आफूहरूको माग सम्बोधन नभएमा नियमित काम प्रभावित हुने चेतावनी दिएका छन् । कामकाजको सिलसिलामा यात्रुबाट दुव्र्यवहार र अपशब्द व्यहोर्नुपरेको गुनासो समेत उनीहरूले गरेका छन् । सरुवा मागको निवेदनमा कार्यालयमा त्रिवि भन्सार कार्यालयमा कार्यरत उपसचिव र सहसचिव बाहेक सबैले हस्ताक्षर गरेका छन् । सरुवा माग गर्नेमा ३० जना अधिकृतस्तरका कर्मचारी छन् ।
त्यस्तै अन्य नायब सुब्बा, खरदार र कार्यालय सहयोगीले समेत सरुवा माग गरेका छन् । पत्रको बोधार्थ अर्थ सचिवलाई पनि पठाइएको छ । साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन बाहिरिएपछि सो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धानको ब्यूरोले अहिले छानविन गरिरहेको छ । ब्रेक सु भनेर जाँचपास गरिएको सामानमा सुन भेटिएपछि कर्मचारीहरुमाथि निगरानी बढाइएको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



