अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर शुरु गरेको छ । बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो । सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरि झण्डै २ सय ५० कुकुरको स्थायी बन्ध्याकरण गर्न चार दिने शिविरको आयोजना गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरहरुले मानिस तथा अन्य घरपालुवा जनावर पशुपन्छिहरुमा आक्रमण गर्ने ,झम्टिने ,तथा अराजक स्वभाव देखाउने गर्दा जनमानसमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरहरुको स्थायी बन्ध्याकरण शिविर शुरु गरिएको हो ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग , वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देहीको प्राबिधिक सहयोगमा बन्ध्याकरण शिविर शुरु गरिएको हो । घरपालुवा तथा भुस्याहा कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसनले सन् २०३० भित्र नेपालमा रेबिज रोगको अन्त्य गर्न पनि सहयोग पुग्ने पायनर्स एनिमल हस्पिटल बुटवलका प्रमुख डाक्टर अविनास क्षेत्रीले बताएका छन् ।

मुख्य समस्याको रुपमा देखा परेको हुदा त्यस्ता कुकुरहरू लाई स्थायी रुपमा बन्ध्याकरण तथा रेबिज खोप शिबिर संचालन गरिएको छ । शिविरमा कुकुरलाई समाउने , वेहोस पार्ने गरेर बन्ध्याकरण गर्ने र पछि खाना खुवाउने रेखदेख र औसधि उपचार समेत गरिने स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविरका संयोजक प्रदिप भुसालले बताए ।

सन्धिखर्क नगरपालिका भित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेको तथा कुकुरले पशु चौपायलाई हमाला गर्ने घटना धेरै भएकाले बन्ध्याकरण शिविर सञ्चालन पछि यस्ता समस्याको समाधान हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय