बिरगंज- सशस्त्र प्रहरी बल नेपालको २३ औ वार्षिकोत्सबको उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बि.ओ.पि. सिर्सियाको पहलमा बिरगंज महानगरपालिका वडा न.१ बजार छपकैया स्थित श्री बबिता पराजुली आधारभूत बिधालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सशस्त्र प्रहरी बल पर्साले सम्पन्न गरेको छ ।
उक्त निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बिशिस्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, अतिथिहरुमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रभु अस्पतालका संचालक तथा बरिस्ठ सर्जन डा. मनोज गुप्ता, डा.लक्षमि थापा गुप्ता, ब्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की, श्री बबिता पराजुली बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र प्रसाद महतो, सशस्त्र बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, लगायतका स्थानीय समाज सेवि तथा सुरक्षाकर्मी हरुको बिशेष सहभागितामा भएको उक्त सशस्त्र प्रहरी बल नेपालको २३ औ वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न बिरामीहरुलाई प्रभु हस्पिटलका स्वास्थ्यकर्मी चिकित्सकहरुको टोलिले अति बिपन्न गरिब तथा सामान्य परिवार लगायतका तीन सय जनाको स्वास्थ्य उपचारको चेकजाँच गरिएको थियो ।






