नगर क्षेत्रलाई पूर्ण सफाई अभियानमा जुटेको भेरीगंगा नगरपालिकाले सरसफाई वर्ष २०८० घोषणा समेत गरिसकेको छ । कर्णाली प्रदेशकै मूलद्धारमा रहेको भेरीगंगा नगरपालिकाले समग्र कर्णाली प्रदेश नै स्वच्छ पार्ने सन्देशसहित अगाडी बढेको छ ।सुर्खेतको भेरीगंगा नगरपालिकाले बिश्व वातावरण दिबस २०२३ को अवसर पारेर नगरलाई सरसफाई वर्ष २०८० घोषणा गरेको छ ।

भेरीगगा नगरपालिकालाई स्वस्थ, स्वच्छ, सुरक्षित र सुन्दर शहर बनाउने उदेश्यका साथ सरसफाई बर्ष २०८० को घोषणा गरेको हो । सरसफाई वर्षको घोषणा संगै भेरीगंगा नगरपालिकाका १३ वटै वडा, टोल तथा समुदायका सचेत नागरिकहरुले नगर क्षेत्रको फोहरलाई मोहरमा बदल्ने उद्देश्यमा अगाडी बड्ने प्रतिबद्धता जनाएका छन् ।

कर्णाली प्रदेशमै पहिलो फोहर प्रशोधन केन्द्र स्थापना गरेर अबको चार बर्ष भित्र नगर क्षेत्रलाई पूर्ण सरसफाई गर्ने अभियानमा जुटेको भेरीगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकाले सरसफाईका लागि थालेको यस अभियानलाई सफल कार्यान्वयनको लागी सबैको सहयोग हुनु पर्ने प्रदेश मन्त्रीको धारणा छ ।

नगर क्षेत्रको सरसफाई गर्ने यो महानअभियानको घोषणा भएसंगै फोहरमैला ब्यबस्थापनका लागि कानूनीरुपमा अगाडी बढेकोले सबैले नियम कानुनलाई पालना गर्नुृ पर्ने स्थानीय नेताहरु बताउँछन् ।

यस अभियानमा सबै सचेत नागरिकहरु एकजुट भएमा साचिकै भेरीगगा नगपालिकालाई पुर्ण सरसफाइ युक्त नगरपालिका बनाउने कार्यले सार्थकता पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय