कपिलवस्तु -कपिलवस्तुको सदरमुकाम तौलिहवामा उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०८० को अवसरमा कपिलवस्तुका कुष्ठरोग प्रभावितहरुले मुलुकी देवानी संहितामा कुष्ठरोग प्रभावितहरु प्रति भएको विभेदको अन्त्य गर्न सरकारसंग माग गरेका छन् । फेयरमेडको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्रको अगुवाईमा तौलिहवामा स्थापना गरिएको स्वयंहेरचाह सिकाई तथा पुर्नस्थापना केन्द्रको उद्घाटनका अवसरमा कृष्ठरोग प्रभावित सर्वसाधारणले संघीय सांसद बलराम अधिकारी मार्फत प्रतिनिधी सभाका सभामुख समक्ष मुलुकी देवानी संहिता २०७४ को पारिवारिक कानुनको बुंदा संशोधनका लागि माग गरेका हुन् । सो संहिताको परिच्छेद १ को विवहा सम्वन्धी व्यवस्थ महल ७१ को २ ग मा कुष्ठरोग भएका व्यक्तिहरुसंग विवहा गर्न गराउन नहुने प्रावधानलाई कानुनी रुपमा हटाउन माग गरेका हुन् ।
सो अवसरमा ज्ञापन पत्र बुझ्दै संघीय सांसद बलराम अधिकारीले अब सदन खुले लगत्तै यस विषयलाई आफुले प्राथमिकताका साथ उठान गरी कुष्ठरोग प्रभावितहरुको यो मागलाई सम्वोधन गर्ने बताए । यसै गरी कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले पनि आफ्नो पार्टी च्यानलबाट यस विषयलाई प्राथमिकताका साथ उठान गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् । साथै सोहि समयमा कुष्ठरोग प्रभावितहरुले जिमेलबाट वाट पनि सभामुख तथा सवै संघिय संसदहरुलाई ईमेल मार्फत आफ्ना मागहरु सम्वोधन गरिदिनका लागि अनुरोध गरेका छन् ।



पुर्नस्थापना केन्द्रमा हात्तीपाईले र कुष्ठरोग प्रभावितहरुको लागि जुत्ता चप्पल बनाई वितरण गरिने छ । यसका साथै पुर्नस्थापना केन्द्रमा हात्ती पाईले र कुष्ठरोगबाट स्वयं उपचार पाउनका लागि स्वयं हेरचाह विधिको बारेमा समेत सिकाईने कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए । कपिलवस्तुमा कुष्ठरोगका १६८ नयां विरामी फेला परेको र जिल्लाभर २ हजार ७ सय २५ जना हात्तीपाईले रोगका प्रभावित रहेको कार्यक्रममा बताईएको छ ।
नेपालमा सन् २०१० मा कुष्टरोग प्रकोप दर १० हजारमा १ वा १ भन्दा कम भई कुष्ठरोग मुक्त प्रदेश घोषणा गर्ने निति भए पनि लुम्विनि प्रदेशमा १ भन्दा वढि भएको हुदा लुम्विनि प्रदेशमा निवारण हुन सकेको छैन । प्रत्येक १० हजारमा १ भन्दा कम हुनु पर्ने थियो ५ सय भन्दा कम केश हुन पर्नेमा गत वर्ष कपिलवस्तु जिल्लामा ५६५ केश रहेको पाईन्छ ।
उद्घाटन कार्यक्रममा संघिय सांसद बलराम अधिकारी, प्रदेश सभा सदस्य सुधाकार पाण्डे, जिल्ला सम्वन्वय समितिका प्रमुख वावुराम आचार्य, उपप्रमुख रमेश चौधरी, शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरी, फेयरमेड फाउण्डेशनका शशीलाल कर्ण, स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।



