पाल्पा अस्पतालमा विरामीहरुको अत्याधिक भिड हुने गरेको छ । जिल्लाका दुुई ठूला अस्पतालहरुमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुुविधा थप व्यवस्थित, प्रभावकारी बनाउँदै गएपछि पाल्पा अस्पतालमा विरामीहरुको भिड बढेको हो ।

विरामीको अध्याधिक भिड हुने यहाँका युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाको उपचार हुुन छोडेको छ । यहि मौकामा जिल्ला अस्पतालले आफ्नो सेवालाई थप विस्तार र व्यवस्थित बनाउँदै गएपछि भने यहाँ दैनिक ४ सयसम्म विरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । भौतिक पूर्वधारको अभावमा अस्पतालले साँघुरो क्षेत्रबाट सेवा दिर्दै आएको छ । विरामीको चाप बढ्दै गएकाले सेवा प्रवाहमा समस्या आउन नदिन भौतिक पूर्वधारसँगै गुणस्तरीय सेवा, सुविधा थप गर्नेतर्फ सरकारले ध्यान दिनुुपर्ने स्थानीयहरुको माग रहेको छ ।

अस्पतालमा पर्याप्त जनशक्ती नहुँदा पनि सिमित जनशक्तिले बिरामी चापलाई थेग्न गाह्रो भएको अस्पतालका अधिकारीको भनाइ छ । अहिले विशेष गरी डेंगी, पखाला, ज्वरो, प्रेसर, सुुगर लगायत नसर्ने रोगका विरामीहरुको बढी भिड हुने गरेको छ ।अस्पतालले आफ्नै अक्सिजन प्लान्ट भएको सिमित साधन र श्रोतको उपयोग गरी धेरै भन्दा धेरै सेवा उपलब्ध गराउदै आएको अस्पतालको भनाइ छ । अस्पतालमा भौतिक पुर्वाधारको विस्तारसँगै सेवाको गुणस्तरमा थप वृद्धि गर्न अस्पताल विकास समिति सक्रिय भएर लागेको छ ।

सरकारले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा संविधानमा उल्लेख गरे पनि सरकारी स्वास्थ्य संस्थामा स्थापना कालदेखि नै दरबन्दी र भौतिक पूर्वाधारका सेवाहरु काजगमा मात्र सिमित हुँदा पाल्पाली जनता विशेषज्ञ सेवाबाट बञ्चित रहेका छन् । भौतिक पुर्वाधार विस्तार र विशेषज्ञ सेवा सरकारले उपलब्ध गराएको खण्डमा स्वास्थ्य उपचारको लागि न लाीजि अस्पतालमा धाउनुु पर्ने बाध्यताको अन्त्य हुने थियो कि ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय