राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज काठमाडौं उपत्यकामा शक्ति प्रदर्शनसहितको ‘जनसम्पर्क तथा घण्टी अभियान’ गरेको छ। फागुन २१ गतेको निर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी रोड शो गरेको हो । बिहान पशुपतिनाथ मन्दिरबाट सुरु भएको यो अभियान उपत्यकाका विभिन्न मुख्य सडक र चोकहरूमा केन्द्रीत छ ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको उलेख्य सहभागिता छ । रोड सो दिनभरि जारी रहने छ । साँझ बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा पुगेर विशेष सभासहित समापन हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय