बनेपा नगरपालिकाले लम्पी स्किन रोगबाट मृत्यु भएका गाईहरुको राहत वितरण सुरु गरेको छ । लम्पी स्किन रोगबाट ठुलो क्षेति ब्यहोरेका किसानलाइ केहि राहत मिल्ने भएको छ । बनेपाको वडा नं ५ बाट वितरण सुरु राहत वितरण कार्यक्रममा बनेपा नगरका नगर प्रमुख शान्ति रत्न शाक्यले नगर सधै किसानको सुख दुखमा साथ दिने बताउनु हुँदै नगर भित्रका सम्पूर्ण पशुको निशुल्क बिमा गर्ने जानकारी दिए ।

उप प्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले रोगको प्रकोप हुना साथ नगरले निशुल्क उपचार र खोप लगाएको र अझ पनि किसानहरुलाई सक्दो सहयोग गर्ने प्रतिबदता ब्यतm गरे ।बनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा वडा नं ५ मा मात्र लम्पी स्किन रोगबाट ५७ वटा गाइ मृत्यु भएको थियो जसमा ५७ वटा पशुको ४३ जनालाई १० हजारको दरले राहत वितरण गरिएको बनेपा नगर पशु सेवा शाखाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय