काठमाडौं । नेपालमा बाह्य पर्यटक आउन सहज होस् भन्ने उद्देश्यले अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ ।
नेपालको आर्थिक अवस्था सुदृढ बनाउन पर्यटन नै कोसेढुंगा सावित हुन सक्ने र पर्यटकलाई बढी भन्दा बढी नेपाल भित्र्याउन र उनीहरुलाई सहजता प्रदान होस् भन्ने उद्देश्यले आजदेखि ई–भिसा लागु गरिएको हो ।

ई–भिसा लागु भएसँगै नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने झन्झट हटेको छ । यो प्रणाली लागु भएसँगै विदेशी नागरिकले विश्वको कुनै पनि कुनाबाट नेपालको भिसाका लागि आफैले आवेदन गर्न सक्नेछन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसाको औपचारिक आरम्भ ११ बजे गर्नुहुने छ । केही महिना अघिदेखि परीक्षणको रुपमा सुरु गरिएको यो सेवा पूर्णरुपमा सफल भएपछि आजबाट औपचारिकता दिन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय